काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन्। उनी भारतीय वायु सेनाको विशेष विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन्। विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो। टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा,…