यू १९ विश्वकप : सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

यू १९ विश्वकप : सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित


काठमाडौं ।

आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेश ५ विकेटले सँग पराजित भएको छ। दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो ।नेपालका सुवास भण्डारीले बंगलादेशको ५ वटै विकेट झारेका थिए। बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे। त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो। नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए। १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए।

त्यसैगरी, कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए। त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए। उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए।