काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले शानदार जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीविरुद्ध ४–१ गोल अन्तरको जित दर्ता गरेको हो।
लिभरपुललाई जिताउन डिएगो जोटा, कोनोर ब्राडले, डोमोनिक र लुईस डियाजले एक एक गोल गर्दा चेल्सीका लागि क्रिष्टोफोर नुक्नुले एक गोल फर्काए।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले २३ औं मिनेटमा अग्रता लिएको थियो। डिएगो जोटाले कोनोर ब्राडलेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए।
३९ औं मिनेटमा लुइस डियाजको पासमा कोनोरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २ गोल गरको लिभरपुलले दोस्रो हाफमा अरु २ गोल थप्दा १ गोल व्यहोरेको थियो।
६५ औं मिनेटमा डामोनिकले गोल गरेपछि लिभरपुल ३–० ले अघि बढेको थियो। ७१ औं मिनेटमा चेल्सीका क्रिष्टोफोर नुक्नुले कार्नीको पासमा गोल गर्दै अन्तर ३–१ मा झारेका थिए । तर, लुइस डियाजले ७९ औं मिनेटमा गोल गरेपछि लिभरपुल ४–१ को शानदार जित निकाल्न सफल भयो।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अंकको अग्रता बनाएको छ। लिभरपुलले २२ खेलमा ५१ अंक बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया