पेट्रोल र डिजेलको मूल्य ४ रुपैयाँले बृद्धि, ग्याँसमा १५ रुपैयाँ बढ्यो

पेट्रोल र डिजेलको मूल्य ४ रुपैयाँले बृद्धि, ग्याँसमा १५ रुपैयाँ बढ्यो


काठमाडौं ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।

डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ। खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू हुनेछ।