सृष्टि श्रेष्ठ बनिन् ‘मिसेस नेपाल क्यानडा’

सृष्टि श्रेष्ठ बनिन् ‘मिसेस नेपाल क्यानडा’


काठमाडौं ।

क्यानाडाको इतिहासमै पहिलोपटक भएको ‘मिसेस नेपाल क्यानडा’को ताज सृष्टि श्रेष्ठले जितेकी छन्। महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानडामा बस्दै आएका विवाहित महिलाबीचको भएको यो सौन्दर्य प्रतियोगितामा सृष्टिले शीर्ष ताज पहिरिएकी हुन्।

क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्याक्वेट हलमा भएको अन्तिम प्रतिस्पर्धा सृष्टिले ‘सिमेस फ्रेन्डसीप’को विधाको उपाधि पनि जितिन्।

क्यानडाका विभिन्न शहरमा बस्दै आएका १० विवाहित सुन्दरीले सहभागिता जनाएको प्रतियोगितामा अलिशा राजभण्डारी ‘फस्ट रनरअप’ तथा ‘फोटोजेनिक’ र रश्मी थापा मगर ‘सेकेन्ड रनरअप’ भए। प्रतियोगितामा येमी कर्माचार्य ‘ट्यालेन्ट’ र श्याम लिम्बु ‘पब्लिक च्वाईस’मा अब्बल बने।

नमुना फेसन कलेजले तयार पारेको आकर्षक पोसाकमा सजिएर सुन्दरीहरुले ¥याम्प नापेको प्रतियोगितामा नेपालका लागि क्यानडाकी कार्यबाहक राजदुत रोजिना ताम्राकार प्रमुख अतिथी थिइन्। प्रतियोगितामा प्रोफेसर निरा शर्मा, डा.संगिता धौबडेल, शुभेक्षा भट्ट र निलु केशरी निर्णायक थिए।

महिला शिक्षा तथा क्षमता विकास समूह क्यानाडाकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीहरुलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तिकरण, आत्मविश्वास अभिवृद्धि र अन्तर्निहित प्रतिभा प्रदर्शन गर्नका लागि प्रतियोगिताको सुरुवात गरिएको बताइन्।

नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यही प्रतियोगिताबाट आप्mनो संस्थाले अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी गरेको घोषणा गरिन्।