आज अस्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा विनिमय दर कति ?

आज अस्ट्रेलियन डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा विनिमय दर कति ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ६५पैसा रहेको छ। आज अस्ट्रेलियन डलर २७ पेसाले घटेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९१ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।