ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक

ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक


काठमाडौं ।

अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ। दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरेको हो।

फस्टलुकमा शीरमा ढाकाटोपी, निधारमा चन्दन लगाएका ब्रहमान्दमलाई अचम्मित र हाँसेको देख्न सकिन्छ। हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको निर्देशन छ। यो फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते रिलिज हुँदैछ।

यो फिल्ममा बलिउड फिल्म ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ। फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय छ।

यो फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ।