नेपालले चौथो विकेट गुमायो, रोहित पौडेल १६ रन बनाएर आउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ। कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन्। आर्यन दत्तको बलमा उनी क्याच आउट भए। नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ। देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको…