काठमाडौं ।
निर्देशक समुन्द्र भट्टको नयाँ फिल्ममा अभिनेत्री एलिजा गौतम र अभिनेता निश्चल खड्का अनुबन्धित भएका छन्। द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने (अनटाइटल फिल्म) ‘बेनामे फिल्म’मा एलिजा र निश्चललाई शनिबार समुन्द्रले अनुबन्धित गरेकी हुन्। फिल्मको नाम भने टुंगो लागिसकेको छैन।
समुन्द्रका अनुसार प्रेमकथा, क्राइम र थ्रिलर जनराको फिल्म आगामी वैशाखमा छायांकन हुनेछ। फिल्ममा समुन्द्रकै कथा हुनेछ। फिल्म ‘अनुराग’बाट डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन्।
निश्चलले ’लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन्। यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ। समुन्द्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ।
प्रतिक्रिया