नेपालले चौथो विकेट गुमायो, रोहित पौडेल १६ रन बनाएर आउट

नेपालले चौथो विकेट गुमायो, रोहित पौडेल १६ रन बनाएर आउट


काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ। कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन्।

आर्यन दत्तको बलमा उनी क्याच आउट भए। नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ।

देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको छ।

अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा बसेका हुन् नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी र ललित राजवंशी छन्। बेन्चमा भने देव खनाल, पवन सर्राफ, सोमपाल कामी र सूर्य तामाङ छन्।