काठमाडौं । संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरणबारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमासत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले जोड दिए। शून्य समयमा बोलेका केसीलेछानवीन समितिले बुझाएको प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम गर्न नहुने भन्दै त्यसको…