इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई

इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुललाई


काठमाडौं ।

इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो कीर्तिमानी १०औं लिग कप उपाधि समेत हो। आइतबार राति भएको फाइनलमा लिभरपुलले अतिरिक्त समयमा एकमात्र गोल गर्दै चेल्सीलाई हराएर उपाधि जितेको हो।

चोटका कारण पहिलो रोजाइका धेरै खेलाडी विनै मैदान उत्रिएको लिभरपुलले उपाधि जित्ने गोल गर्न भने अतिरिक्त समयको पनि अन्तिम मिनेट कुर्नु परेको थियो।

निर्धारित समय गोलरहित बराबरीमा भएपछि खेल अतिरिक्त समयमा गएको थियो। जसमा कप्तान भर्जील भ्इान डाइकले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहेका बेला गोल गरेका थिए।

खेलको ११८ औं मिनेटमा कोन्सटान्टिनोस सिमिकासले प्रहार गरेको कर्नर किकलाई डाइकले हेडर गोलमा परिणत गरेका हुन्।