यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०१ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६७ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२७ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८४ रुपैयाँ रहेको छ।