‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’

‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’


काठमाडौं ।

संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरणबारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमासत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले जोड दिए।

शून्य समयमा बोलेका केसीलेछानवीन समितिले बुझाएको प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम गर्न नहुने भन्दै त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्ने बताए। उनलेप्रतिवेदन सार्वजनिक गरेर संसदमै छलफल गर्नुपर्ने माग गरे।

केसीले भने, ‘नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ। यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस्। त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ। यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ। संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले पनि एनसेल प्रकरणको प्रतिवेदनको खोजी गरे।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरोध गरेका प्रतिपक्षीले विशेष समयमा बोल्ने क्रममा लामिछानेले भने, ‘आजिकाटाको रिपोर्ट खोई ?एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद र सडक तात्यो। खोई, यो विषयमा हामीले चर्चा गर्न पाएको ?’

गत माघ १४ गते एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएको एक महिना भएको छ।

यस्तै, संसद्को सार्वजनिक लेखा समितिले पनि यसअघि नै एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन गोप्य राख्नुपर्ने कारण नभएको भन्दैसार्वजनिक गर्न निर्देशन नै दिइसकेको छ।

पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजक रहेको छानवीन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो। तर, उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन्। एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री कारोबार विवादित बनेको थियो।