काठमाडौं ।
काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि एक सय ७३ रनको लक्ष्य दिएको छ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपामलले ४९।२ ओभरमा अल आउट हुँदै एक सय ७२ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धसतकीय पारी खेले।
त्यस्तै, करण केसीले २६, आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई–दुई तथा रोएलोफ भान डर मार्वे र बास डे लिडेले एक–एक विकेट लिए। नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रतिक्रिया