मलेसिया विरुद्धको चौथो खेलमा नेपाल विजयी

नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियामा आज सम्पन्न खेलमा ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान इन्दु बर्माले ३९ बलमा अविजित ४८ रन प्रहार गरिन् भने रुबिना क्षेत्रीले २३ रनको योगदान दिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा…