प्रधानमन्त्री वालेन्द्र साहले आज विदेशी राजदूतहरुलाई भेट्दै !

प्रधानमन्त्री वालेन्द्र साहले आज विदेशी राजदूतहरुलाई भेट्दै !



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले आज आज विदेशी राजदूतहरूसँग सामुहिक भेट गर्ने भएका छन् । यसअघि विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्री नियुक्त भएसँगै कार्यालयमा, निवासमा या अन्यत्र एक्लाएक्लै भेट्ने चलनलाई रोक्दै प्रधानमन्त्री साहले सामूहिक रुपमा परराष्ट्रमन्त्री समेतको उपस्थितिमा भेट्न लागेका हुन् ।

मुख्यत भेट्मा पछिल्लो समय चुनावपछि बनेको सरकारले नियका नीतिहरु र तिनलाई कार्यान्वयनका क्रममा साझेदार विदेशी मित्रहरुको सहयोगका विषयमा केन्द्रित हुनेछ । यस भेटमा प्रधानमन्त्री साहले नेपालको सार्वजनिक यातायात, सडकहरुको निर्माण र औद्योगिकीकरणका लागि विदेशी सहायताको अपेक्षाका विषयमा के गर्न सकिन्छ भन्ने जिज्ञासासहित भेट्ने तयारी भएको बुझिएको छ ।

उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।