मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालमा हालै गएको बाढी पहिरोबाट पीडित बनेकाहरुको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्यले सहयोग संकलन सुरु गरेको छ । अष्ट्रेलियामा बस्ने नेपालीसहित बृहद अष्ट्रेलियन समूदायलाई उसले सहयोगका लागि आह्वान गरेको हो । एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले एक विज्ञप्ति जारी गर्दै नेपालमा हालै आएको अविरल वर्षापछिको बाढी…