राप्रपामा भुईंचालो ल्याउने धवलशमशेरको राजनीतिक प्रतिवेदन, लिङ्‌देनलाई सत्तामोहको आरोप

राप्रपामा भुईंचालो ल्याउने धवलशमशेरको राजनीतिक प्रतिवेदन, लिङ्‌देनलाई सत्तामोहको आरोप


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री धवलशमशेर राणाले राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टीको कार्यशैलीको तिव्र आलोचना गरेका छन् । उनले सरकारमा जाने पार्टीको तत्कालीन निर्णय ठीक नभएको दोहोराउँदै त्यसले गम्भीर असर परेको भनेका छन् । पार्टीको लाईन राजतन्त्र ल्याउने भन्ने भएपनि यसका अध्यक्षकै नेतृत्वमा ४० दिने सरकारमा गएर लक्ष्यलाई धुमिल बनाएको आरोप उनको छ ।

प्रचण्ड नेतृत्वको सरकारको प्रतिबद्धताको पहिलो बुँदामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउने बुँदामा हस्ताक्षर गरेर कसरी राजसंस्था पुनस्र्थापना हुनसक्छ भन्ने उनले गम्भीर प्रश्न समेत गरेका छन् । यस विषयमा छलफल चलिरहँदा धेरैले नेतृत्वलाई अप्ठेरो पर्ने ठानेका छन् । तर, अध्यक्ष राजेन्द्र लिङ्‌देन भने सरकारले बहुदलीय व्यवस्था मास्न लागेको धारणा राख्दै विपरिच विचारलाई अनदेखा गरिरहेको आरोप अर्को पक्षको छ ।

के छ त धवलशमशेर राणाको फरक राजनीतिक प्रतिवेदनमा ? हामीले यहाँ समेटेका छौं –