मेलबर्न, अष्ट्रेलिया ।
नेपालको सर्वाधिक लोकप्रिय व्याण्ड नेपथ्यले आगामी ३ मार्चदेखि अष्ट्रेलिया टूर गर्नेभएको छ । एक महिना लामो यो यात्राका क्रममा अष्ट्रेलियाका आठ वटा शहरमा कन्सर्ट हुनेछन् । ३ मार्चमा क्यानबेरा, ६ मार्चमा डार्विन, ९ मार्चमा पर्थ, १४ मार्चमा ब्रिसबेन, १८ मार्चमा होबार्ट, २१ मार्चमा एडिलेड, २४ मार्चमा मेलबर्न र २९ मार्चमा सिड्नीमा कन्सर्ट गरेपछि यात्रा सम्पन्न हुने आयोजक गिरिश ईन्टरटेन्मेन्टका गगन गिरीले जानकारी दिए ।
उनले डार्विन र मेलबर्नको कन्सर्ट गर्ने ठाउँ छनोट अन्तिम चरणमा रहेको जानकारी दिए । यस बाहेक क्यानबेराको नेशनल कन्भेन्सन सेन्टरमा, पर्थको मेट्रो सिटी हलमा, ब्रिसबेनको दि टिभोलीमा, होबार्टको ओडिअन थियटरमा, एडिलेडको हिन्डले स्ट्रीट म्युजिकल हलमा र सिड्नीको दि होड्रन पेभेलियनमा कन्सर्ट आयोजना गरिनेछ ।
दुई वर्षअघि सफलतापूर्वक अष्ट्रेलियाका विभिन्न शहरमा कन्सर्ट गरेको नेपथ्यको यस पटकको कन्सर्टलाई पनि नेपालयले संयोजन गरेको छ ।
अष्ट्रेलियाका नेपाली संगीतप्रेमी दर्शकहरुलाई पूर्ण मनोरञ्जन गराउने आफुहरुको प्रयास रहने गिरिश ईभेन्टसले जनाएको छ ।
प्रतिक्रिया