काठमाडौं ।
अष्ट्रेलियाको मेलबर्नमा केन्द्रीय कार्यालय रहेको स्टुडेन्ट डेस्टीनी एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो शाखा काठमाडौंको पुतलीसडकमा सुरु गरेको छ । पहिलो शाखाको उद्घाटनपछि केविसीखबरसँग कुरा गर्दै यसका निर्देशकमध्येका एक प्रकाश सेढाईले विद्यार्थीलाई सहज रुपमा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग जोड्नका लागि यो कडी महत्वपूर्ण भएको बताएका छन् ।
उनका अनुसार विद्यार्थीहरूको क्षमता, रुचि र योग्यता अनुसार विश्वका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयहरू छान्न सहयोग गर्दै आएको स्टुडेन्ट डेस्टीनीले नाम जस्तै विद्यार्थीहरुलाई उचित गन्तव्य छनोट गर्न सहयोग गर्नेछ । काठमाडौं शाखामा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शिक्षा र भिसा प्रक्रियासँग सम्बन्धित हरेक जानकारी दक्ष र अनुभवी टिमबाट पाउनेछन् ।
“विद्यार्थीहरूको सपना साकार पार्न र उनीहरूको शैक्षिक यात्रालाई सहज र सफल बनाउने हाम्रो मुख्य उद्देश्य हो,” निर्देशक प्रकाश सेढाईं भन्छन्। “हामीले विगतका वर्षहरूमा थुप्रै विद्यार्थीलाई सही शैक्षिक गन्तव्य छान्न सहयोग गरेका छौं, र यो शाखा मार्फत थप विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन हामी प्रतिबद्ध छौं।”
पुतलीसडकमा अवस्थित नयाँ शाखा विद्यार्थीहरूका लागि मात्र नभई अभिभावकहरूका लागि पनि परामर्श लिने स्थान हुने उनको अपेक्षा छ ।
अन्तर्राष्ट्रिय शिक्षा र भिसा प्रक्रियासँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा, यहाँलाई पुतलीसडकमा रहेको स्टुडेन्ट डेस्टीनी एजुकेशन एण्ड भिसा सर्भिसेजमा सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् ।
प्रतिक्रिया