काठमाडौं, १२ कात्तिक । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले शुक्रबार कार्यसमितिको बैठकबाट दबावमूलक आन्दोलन घोषणा गरेको छ । आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बुधबारसम्म बारको…