कांग्रेस केन्द्रीय कार्यसमिति ‘भर्चुअल’ बैठक भोलि

कांग्रेस केन्द्रीय कार्यसमिति ‘भर्चुअल’ बैठक भोलि


काठमाडौं, १४ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भर्चुअल माध्यमबाट दिउँसो ३ बजेपछि बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य सहभागी हुनेछन् । भर्चुअल बैठकको लिंक एसएमएसमार्फत् पठाइने मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ । बैठकको एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति रहेको पौडेलले बताउनुभयो ।