Logo

ए डिभिजन लिग लिडर मच्छिन्द्रलाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको फाइलनमा



काठमाडौं, १२ माघ । सहिद स्मारक ए डिभिजन लिगको लिडर मच्छिन्द्र फुटबल क्लबलार्ई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकपको फाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रलाई तीन–एक गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । ७१ औँ मिनेटमा खेलाडी करिम रातो कार्ड खाँदै बाहिरिएपछि मच्छिन्द्र क्लब १० खेलाडीमा सीमित थियो ।
एपीएफका खेलको २५ औँ मिनेटमा सनिश श्रेष्ठ, ७७ औँ मिनेटमा प्रदीप लामा र इन्ज्युरी समयको सातौँ मिनेटमा नवीन लामाले गोल गरे । मच्छिन्द्रका लागि खेलको ४० औँ मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गरे ।
एपीएफले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा १० टोली सहभागी छन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।