सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो

सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो


काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ । शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार मध्यरातदेखि लागू हुनेगरी यो निर्णय भएको हो । यसअघि शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए अनुसार यो निर्णय भएको हो ।