जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति

जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति


काठमाडौं, १५ माघ । सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।
बैठकले चुनावका लागि निर्वाचन आयोगसँग परामर्श गर्न समेत सरकारलाईं सुझाव दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवितधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने तथा संविधानसङ्ग बाझिएका निर्वाचन कानुन र ऐनलाई आवस्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णय गरेको फेसबुक पेज मार्फत जानकारी गराउनु भएको छ । देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य अनुरुप आबधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध रहेको् पनि प्रचण्डले फेसबुक पेजमा उल्लेख गर्नु भएको छ ।