नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हरायो, फाइनल पुग्ने सम्भावना कायमै

नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हरायो, फाइनल पुग्ने सम्भावना कायमै


काठमाडौं ११ पुस । एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष टोलीले माल्दिभ्सलाई पराजित गरेको छ । बंगलादेशको ढाकामा आज भएको खेलमा माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा पराजित गर्दै नेपालले अघिल्लो चरणमा पुग्ने आशा जीवितै राखेको हो ।

नेपालले माल्दिभ्सलाई २७–२५, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । जितसँगै ६ अंक बनाएको नेपालको शीर्ष ४ मा रहँदै फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले उज्वेकिस्तानलाई तीन–एकको सेटमा हराएको थियो । यस्तै नेपाल बङ्गलादेशसँग तीन–शून्यको सोझो सेटमा र श्रीलङ्कासँग तीन–एकको सेटमा पराजित भएको थियो ।….