क्रिकेट कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र पदमुक्त, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त

क्रिकेट कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र पदमुक्त, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त


काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई बर्खास्त गरेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
यसैबीच क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । ‘नेपाल क्रिकेट संघले अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफरिसअनुसार खेलाडी आचारसंहिता उल्लंघनमा संलग्न चार खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ’, क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।