नेपाल यु–१९महिला साफ च्याम्पियनसीप फुटबलको फाइनलमा पुग्न असफल

नेपाल यु–१९महिला साफ च्याम्पियनसीप फुटबलको फाइनलमा पुग्न असफल


काठमाडौं, ४ पुस । यु–१९ वर्षमुनिको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा बंगलादेशले श्रीलंकालाई १२–० गोलले हराएको छ । बंगलादेशले फाइनल प्रवेशका लागि श्रीलंकासँग बराबरी खेलेको भए पनि पर्याप्त थियो । तर ढाकामा भएको खेलमा श्रीलंकाको पोष्टमा बंगलादेशको टोलीले १२ गोल प्रहार गरेको हो । बंगलादेशले श्रीलंकालाई हराएसँगै नेपाल फाइनल पुग्न असफल भएको छ । बंगलादेश श्रीलंकासँग पराजित भएको भए आज भारतसँग हारेको नेपाल फाइलनमा पुग्ने थियो । प्रतियोगिताको फाइनलमा अब भारत र बंगलादेश खेल्नेछन् ।