नेपाली महिला टोलीलाई एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि

नेपाली महिला टोलीलाई एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि


काठमाडौं, १३ पुस । नेपाली महिला टोलीले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको छ । उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै नेपालले उपाधि जितेको हो ।
बंगलादेशको मिरमुरमा रहेको शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२४ ले जित्यो । यस्तै दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयो । त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्यो । योसँगै खेल २–२ को अवस्थमा पुग्यो ।
त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेको हो । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयो । नेपाल गएको संस्करणको पनि विजेता हो ।