यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल १ सय ५४ रनले बंगलादेशसँग पराजित

यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल १ सय ५४ रनले बंगलादेशसँग पराजित


काठमाडौं ९ पुस । यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल ठूलो अन्तरले पराजित भएको छ । यूएईमा आज भएको खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको हो । शारजाह क्रिकेट मैदानमा बंगलादेशले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४३ रनमै सीमित भयो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए । यस्तै विवेक यादव २६ रनमा आउट भए ।
बंगलादेशका तान्जिम हसन शकिब, राकिबुल हसन, मेहेरुब र नईमुर रोहमानले दुई÷दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा चार विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । बङ्गलादेशका लागि प्रान्तिक नबिलले अविजित रहँदै एक सय २७ रन बनाए । नेपालका गुलशन झा तिलक भण्डारी मोहम्मद आदिल आलमले एक–एक विकेट लिए । समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा पर्सि आइतवार श्रीलङ्कासँग खेल्नेछ ।