विराट कोहलीले दिए भारतीय क्रिकेटको कप्तानीबाट राजीनामा

विराट कोहलीले दिए भारतीय क्रिकेटको कप्तानीबाट राजीनामा


काठमाडौं, १ माघ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिका सिरिजमा लज्जास्पद हारपछि विराटले शनिबार एक विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन् । विराटले आफूलाई कप्तानको रुपमा विश्वास गरेकोमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई धन्यवादसमेत दिएका छन् । साथै टोलीका सबै खेलाडीलाई उनले धन्यवाद दिए ।
उनले आफूले खेलसहित हरेक काममा १२० प्रतिशत मेहनत लगाउने गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । कोहलीलाई यसअघि दक्षिण अफ्रि टेस्ट सिरिजअघि नै वान डेको कप्तानीबाट हटाइएको थियो । विराटले टिमलाई सही दिशामा बढाउन ७ वर्षसम्म आफूले हरेक दिन कठिन मेहनत गरेको बताएका छन् । साथै यस क्रममा आफूले इमानदारी साथ काम गरेको र यसमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।
’टिमलाई सही दिशामा लैजानका लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें । मैले आफ्नो काम पूर्ण इमानदारीसाथ गरें । यसमा कुनै कसर छोडिनँ । म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु,’ विराटले विज्ञप्तिमा भनेका छन् । यस्तै उनले आफ्नो टोलीलाई कहिल्यै धोका दिन नसक्ने पनि विज्ञप्तिका उल्लेख गरेका छन् । साथै उनले भारतीय क्रिकेट बोर्डलाई पनि धन्यवाद दिएका छन् । आफूलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा उनले धन्यवाद दिएका थिए । विराटलाई यसअघि दक्षिण अफ्रिका सिरिजअघि नै वान डे कप्तानबाट हटाइएको थियो ।