मच्छिन्द्रले पुलिसलाई हराउँदै एएफसी कप छनोट खेल्ने निश्चित

मच्छिन्द्रले पुलिसलाई हराउँदै एएफसी कप छनोट खेल्ने निश्चित


काठमाडौं, १८ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । आज आइतवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले पुलिसलाई एक–शून्य गोलले हराएको हो ।
मच्छिन्द्रका लागि २१ औँ मिनेटमा सुनिल बलले गोल गरे । आजको जितसँगै मच्छिन्द्रले एएफसी कपको छनोट खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिगको सातौँ चरणमा शीर्ष स्थानमा रहने टोलीले छनोट खेल्ने गरी एसियाली फुटबल महासङ्घलाई प्रस्ताव पठाएको थियो । सातौँ चरणसम्म मच्छिन्द्र १७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १६ अङ्क रहेको छ । पुलिस ६ खेलमा ६ अङ्कसहित दशौँ स्थानमा छ ।