अष्ट्रेलियाद्वारा अर्को टेनिस खेलाडीको पनि भिसा रद्द, डिपोर्ट गरिँदै

अष्ट्रेलियाद्वारा अर्को टेनिस खेलाडीको पनि भिसा रद्द, डिपोर्ट गरिँदै



मेलबर्न, अष्ट्रेलिया ।

नोभाक जोकोभिचको काण्ड सेलाउन नपाउँदै अष्ट्रेलियाले अष्ट्रेलियन ओपनमा सहभागी हुन चेक रिपब्लिकबाट आएकी एक अर्को टेनिस खेलाडीको भिसा समेत रद्द गरिदिएको छ । रिनिटा भारोकोभालाई पक्राउ गरिएको एक सरकारी अधिकारीले पुष्टि गरेका छन् भने उनले यो निर्णयका विरुद्ध अदालत जाने कि नजाने विषय भने खुलेको छैन । जोकोभिचले भने यस निर्णयलाई अदालतमा चुनौती दिएका छन् र यसको सुनवाई सोमबारबाट सुरु हुनेछ ।

भारोकोभा अघिल्लो महिना नै अष्ट्रेलियामा आई प्रशिक्षण गरिरहेकी थिइन् । उनलाई भिसाका निम्ति कोभिडको खोप लगाउनुपर्ने नियममा छुट दिइएको थियो ।

अष्ट्रेलियन बोर्डर फोर्सले अर्को एक टेनिस अफिसियललाई पनि यस्तै घटनामा सोधपुछ गरेको र निज देश छोडेर गइसकेको जानकारी दिएको छ ।

चेक रिपब्लिकका विदेश मन्त्रालयले भोराकोभालाई नियन्त्रणमा राखिएको पुष्टि गर्दै आफ्नो दूतावासमार्फत यस विषयमा अष्ट्रेलियन सरकार समक्ष स्पष्टीकरण मागिएको जनाएका छन् ।