नवप्रवेशी सातदोबाटोसँग उपाधि दाबेदार मनाङ पराजित

नवप्रवेशी सातदोबाटोसँग उपाधि दाबेदार मनाङ पराजित


काठमाडौं, ३० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लब नवप्रवेश सातदोबाटो युथ क्लबसँग पराजित भएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई २–१ गोलले हराएको हो ।
सातदोबाटोका मार्टिन एडिल्फे सिलो र मार्टिन्स अजयीले एक÷एक गोल गरे । मनाङका आफिज ओलावालेले एक गोल फर्काए । सातदोबाटोले मनाङलाई पहिलो पटक हराएको हो । जितसँगै सातदोबाटोले ९ खेलमा १२ अङ्क जोडेको छ । सातदोबाटो लिगको छैटौँ स्थानमा उक्लिएको छ । मनाङको ९ खेलमा १९ अङ्क छ । मनाङ दोस्रो स्थानमा छ ।