एएफसी कप छनोटः मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

एएफसी कप छनोटः मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित


काठमाडौं, २२ चैत । मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक÷एक गोल गरे । मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गएको वर्ष यो छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब ब्लु स्टारले दोस्रो चरणको खेल यही चैत २९ गते भारतको मोहन बगान क्लबसँग खेल्नेछ ।
यो हारसँगै नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।