सिड्नीमा ओएनएफले नयाँ बर्षको उपलक्ष्यमा कार्यक्रम गर्दै

सिड्नीमा ओएनएफले नयाँ बर्षको उपलक्ष्यमा कार्यक्रम गर्दै


प्रबासी नेपाली मञ्च न्यु साउथ वेल्स राज्य समितिले २३ अप्रिलमा नेपाली नयाँ बर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

मञ्चका न्यु साउथ वेल्स राज्य समिति अध्यक्ष कृष्ण सापकोटाले नयाँ बर्ष २०७९ को सन्दर्भमा नेपालीहरुका विचमा शुभकामना आदान प्रदान गर्दै भाईचाराको बढावा गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले नेपाली नयाँ वर्षको शुभकामना आदान प्रादान गर्दै नेपाली परम्परा बारेमा नया पुस्तालाई जानकारी दिने र प्रवासमा पनि नेपाली परम्पराको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

उनले नेपाली समूदायका सदस्यहरुबाट नयाँ नयाँ व्यापार व्यवसाय समेत बढ्दो रुपमा भएकाले त्यसको समेत प्रवर्धन मात्र नभएर यस्ता कार्यक्रममा हुने छलफलले नयाँ नयाँ क्षेत्र र संभावनाको खोजी समेत हुने बताए । पछिल्लो समयमा अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थितिले यहाँको स्थानीय राजनीतिमा समेत नेपालीहरुको प्रभावलाई अझ श-शक्त बनाउने काम गरेको छ । शुभकामना आदान प्रदान सहित वार्विक्यु कार्यक्रमले पनि नेपाली उपस्थिति बलियो रहेको देखाउन सहयोग पुग्ने अपेक्षा सापकोटाले गरेका छन ।

सापकोटाले कार्यक्रममा मनोरञ्जन गदै अष्ट्रेलियामा हुर्कदै गरेको नयाँ पुस्तालाई नेपाली परम्परा, समुदाय, समाजका वारेमा पनि परिचय गराउने अवसर भएको बताए । उनले एनआरएनए सहितका विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुको समेत उपस्थिति रहने जानकारी दिए । प्रवेश नि शुल्क रहेको कार्यक्रम अर्वन पार्क अर्वन सिड्नीमा हुने मञ्चले जनाएको छ ।