माभेन कन्सल्टिङ ग्रुप र ग्लोबल इन्टरनेशनल कलेजले जिते साउथ अष्ट्रेलियाका नेपाली व्यवसायीक संस्थाहरु विचको क्रिकेट

माभेन कन्सल्टिङ ग्रुप र ग्लोबल इन्टरनेशनल कलेजले जिते साउथ अष्ट्रेलियाका नेपाली व्यवसायीक संस्थाहरु विचको क्रिकेट


एडिलेड । एनआरएनए साउथ अष्ट्रेलियाको सहयोगमा एडिलेड नेप्लिज क्रिकेट एशोसिसन(एन्का) को आयोजना साउथ अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी संस्थाहरुको क्रिकेट प्रतियोगिता `एन्का सिक्स ए साइड टुनामेन्ट´ मा माभेन कन्सल्टिङ ग्रुप एडिलेड र गोल्बल इन्टरनेशनल कलेज एडिलेड विजयी भएका छन् ।

प्रतियोगितामा सहभागी टिमहरुमा नमस्ते सुपरमार्केट, एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेड, भिएक्सएल एजुकेशन एण्ड माइग्रेसन, मल्टिडाइनामिक एसए, ग्रेस इन्टरनेशनल एडिलेड, ई-प्लानेट एडिलेड, गोल्बल इन्टरनेशनल, कुवर फाइनान्स, माभेन कन्सल्टिङ ग्रुप एडिलेड, सेज प्यासिफिक, एएमए प्रोफेसनल सर्भिसेज, नेपकम्स सर्भिसेज एडिलेड सहित १२ टिम सहभागी रहेका थिए ।

सहभागी १२ टिमलाई चार समुहमा विभाजन गरिएको थियो भने समुह भित्र प्रत्येक टिमले दुई-दुई खेल खेलेका थिए । जसमा समुहमा प्रथम हुने चार टिम कप च्याम्पियनसिपका लागि र दोस्रा हुने चार टिम प्लेट च्याम्पियनसिपका लागि छनौट भएका थिए । कप च्याम्पियनसिपका लागि भएको फाईनल खेलमा माभेन कन्सल्टिङ ग्रुप एडिलेडले भिएक्सएल एजुकेशन एण्ड माइग्रेसन माथि बिजय हासिल गरेको थियो | यसै गरि प्लेट च्याम्पियनसिपका लागि भएको फाइनल खेलमा गोल्बल इन्टरनेशनल कलेज एडिलेडले एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेड माथी विजय हासिल गरेको थियो । महिलाहरुको खेलमा एनआरएनएको महिला टिमले एन्का सनसाइन माथि विजय हासिल गरेको थियो भने बालबालिकाहरुको खेलमा एन्का जेम्स रातोले एन्का जेम्स निलो माथी विजय हासिल गरेको थियो ।

कप च्याम्पियनसिपको विजयी माभेन कन्सल्टिङ ग्रुपलाई एक हजार अष्ट्रेलियन डलर सहित कप, गोल्ड मेडल रहेको र उपविजेता भिएक्सएल एजुकेशन एण्ड माइग्रेसनलाई पाच सय अष्ट्रेलियन डलर, कप तथा सिल्भर मेडल प्रदान गरिएको थियो । भने प्लेट च्याम्पियनसिपका लागि हुने प्रतिस्पर्धामा विजयी गोल्बल इन्टरनेशनललाई गोल्ड मेडल र प्लेट तथा उप विजेता एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेज एडिलेडलाई सिल्भर मेडल र प्लेट प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै एन्का अध्यक्ष विजय जोशीले प्रतियोगिता प्रतिस्पर्धा संगै मनोरञ्जनका लागि पनि भएकाले खेलाडी अफिसियल व्यवस्थापक दर्शक सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसै गरि एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले नेपाली समुदाय पनि क्रमस व्यापार व्यवसाय तर्फ पनि आकर्षित हुदै गएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्रमा व्यवसायी संस्थाहरुको सहभागी र लगानीका लागि आभार व्यक्त गर्नु भएको थियो ।