शनिवारबाट एडिलेडमा हुने दोस्रो गिरीश च्याम्पियनसिप -२०२२को तयारी पुरा

शनिवारबाट एडिलेडमा हुने दोस्रो गिरीश च्याम्पियनसिप -२०२२को तयारी पुरा


एडिलेड । गिरीश च्याम्पियनसिप फुटवल प्रतियोगिताको दोस्रो संस्करण गिरीश च्याम्पियनसिप २०२२ अप्रिल १६ शनिवार र १७ आइतवार एडिलेडको न्यु स्पोर्ट स्टीडियममा हुने खेलको तयारी पुरा भएको छ ।

अष्ट्रेलियाका नेपाली भाषी समुदायका फुटवल क्लवहरु समावेश हुने प्रतियोगितामा साउथ अष्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याड, तास्मानियाबाट १४ टिम सहभागी हुने आयोजक गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेनका निर्देशक गगन गिरीले बताउनुभयो । उहाले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र शुक्रवार साझ सम्ममा सबै टिमहरु एडिलेड आइपुग्ने बताउनु भयो ।

प्रतियोगिताको गत आइतवार जारी खेल तालिका अनुसार समुह ए मा यति फुटबल क्लव, ब्रदर्शस युनाइटेड फुटबल क्लब, हिमालयन फुटबल क्लब, एडिलेड ड्र्यागन स्पोर्टिङ क्लब रातो समुह बि मा गिरीश इभेन्ट स्पोर्टिङ क्लब(आयोजक टिम), खुकुरी फुटबल क्लब तास्मानिया, द हिमालयन टाईगर समुह सी मा बेनी फुटबल क्लब(गत बर्षको उप विजेता), एडिलेड ड्र्यागन स्पोर्टिङ क्लब सेतो, एडिलेड खुकुरी फुटबल क्लब, फरएभर योङ्ग फुटबल क्लब समुह डी मा सेन्ट जर्ज नेपाली क्लब (गत बर्षको बिजेता), एडिलेड ड्र्यागन फुटबल क्लब, चन्द्र सुर्य फुटबल क्लबरहेका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार छ हजार अष्ट्रेलियन डलर रहेको प्रतियोगितामा दोस्रोलाई पच्चिस सय अष्ट्रेलियन डलर , तेस्रोलाई एक हजार अष्ट्रेलियन डलर रहेको छ ।