इंग्ल्यान्डलाई हराउँदै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जित्यो

काठमाडौँ । युरोपेली राष्ट्र स्पेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको ९ औँ संस्करणको फाइनल खेलमा इंग्ल्यान्डलाई १–० गोलले हराउँदै स्पेनले महिला विश्वकपको उपाधिमा पहिलो पटक जितेको हो। स्पेन विश्वकपको समूह चरणको खेलमा जापानसँग ४–० गोलले पराजित भए पनि उपाधि उचाल्न सफल भयो। पहिलो पटक फाइनल पुगेको स्पेनलाई…