काठमाडौँ ।
एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो।
४.२ ओभरमा भारतले १५ रन जोडेको थियो। कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन्।
अब के हुन्छ ?
वर्षाका कारण भारत र पाकिस्तानको खेल बर्षाका कारण रोकिएको छ। भारत र पाकिस्तानबीचको खेलमा नतिजा आउन दुवै टिमका लागि कम्तिमा पनि २०ः२० ओभर छुट्याइनेछ ।
तर खेल भएन भने दुवै टिमले एक–एक अंक पाउनेछन् र नेपाललाई पराजित गरेका कारण पाकिस्तानले सुपर फोरमा स्थान सुरक्षित गर्नेछ। भारतलाई भने सुपर फोरमा स्थान सुरक्षित गर्न सोमबार नेपालविरुद्धको खेलमा जित अथवा अंक बाड्नुपर्ने अवस्था आउछ।
प्रतिक्रिया