गदर–२ को सफलतामा सन्नी देओलको घमण्ड देखिएको भन्दै भारतमा आलोचना

मुम्बई । सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ। फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा उनले फ्यानसँग राम्रो व्यवहार नगरेको देख्न सकिन्छ। यसबारे सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई निको नलागेको बताएका छन्।…