आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको तेस्रो जित

आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको तेस्रो जित


काठमाडौँ ।

मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ। समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन तथा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो।

आइतबारको खेलमा ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्याे। नेपालको जितमा कविता जोशीले ९ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १२ रन तथा सीता राना मगर ८ रन जोडे। पूजा महतो ३ रनमा आउट भइन्।

अश्मिना कर्मचार्य, इन्दु वर्मा, सम्झना कुमारी खड्का र कविता कुँवर भने शून्य रनमै आउट भए। भुटानका लागि अन्जुली घलेले सर्वाधिक ३ तथा छिरिङ जाङ्मोले २, अन्जु गुरुङ र सोनामले १(१ विकेट हात पारे।

यअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन जोड्यो। भुटानका लागि डेचेन वाङ्ग्मोले सर्वाधिक २१ रन जोडिन्।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३ तथा खुसी डंगोल, कप्तान रुविना क्षेत्री र कविता कुँवरले एक–एक विकेट लिए।