काठमाडौँ ।
अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–२० सिरिज एक खेल अगावै जितेको छ। डर्बनमा शुक्रबार राति भएको दोस्रो खेल ८ विकेटले जित्दै अष्ट्रेलियाले सिरिजमाथि कब्जा जमाएको हो।
यसअघि पहिलो खेल अष्ट्रेलियाले १ सय ११ रनले जितेको थियो।
शुक्रबार राति दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्याे। अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्सले सर्वाधिक ७९ रन तथा म्याथ्यु शर्टले ६६ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । कप्तान आइडेन मारक्रामले सर्वाधिक ४९ रन बनाए।
अष्ट्रेलियाका लागि सिन अबोट र नाथन एलिसले समान ३–३ विकेट हात पारे।
प्रतिक्रिया