परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियन विदेशमन्त्री पेनी वोङबीच मेलबर्नमा वार्ता हुने

परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियन विदेशमन्त्री पेनी वोङबीच मेलबर्नमा वार्ता हुने



मेलबर्न, अष्ट्रेलिया ।

नेपालका परराष्ट्रमन्त्री शिशिखर खनाल चार दिने औपचारिक भ्रमणमा बुधबार अष्ट्रेलिया आउँदैछन् । अष्ट्रेलियन सरकारको निमन्त्रणामा आउने मन्त्री खनालले अष्ट्रेलियन विदेशमन्त्री पेनी वोङसँग भेट गर्ने कार्यक्रम छ । मेलबर्नमा तय भएको भेटलगत्तै खनाल सिड्नी जानेछन् र त्यहाँ शुक्रबार न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्ससँग उनले भेट्ने तय भएको छ । यस्तै विपक्षी दल लिबरल पार्टीका नेतासँग क्यानबेरामा भेट्ने तय भएको छ । फिजीमा सम्पन्न सम्मेलनपछि अष्ट्रेलियाका औपचारिक भेटहरु सम्पन्न गरेर मेलबर्नबाट नै नेपाल फर्किने कार्यक्रम तय भएको छ ।

पछिल्लो समय अष्ट्रेलियाले नेपालमा गएको भोटेकोशी बाढीपछि मानवीय सहायतामा बढोत्तरी मात्र गरेको छैन । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीले स्वयं भेटेर नेपालका प्रधानमन्त्रीलाई समवेदना प्रकट गरेका थिए । पुननिर्माणको कार्यमा समेत अष्ट्रेलियाले आफ्नो सहायता दिने बताइसकेको छ ।

नेपालको तर्फबाट भेटका क्रममा के कस्ता विषय उठ्दैछन् भन्ने तय नभएपनि नेपाली विद्यार्थीहरुको अष्ट्रेलियाको पछिल्लो नीतिका कारण आएको प्रभावका विषय पनि उठ्ने अपेक्षा धेरैको छ ।