विदेशमा बस्ने नेपालीको भावना समेटिएको मुटुमा प्यारो नेपाल म्युजिक भिडियो सार्वजनिक

सिड्नी, अष्ट्रेलिया । एनआरएन अष्ट्रेलियाले आयोजना गर्ने नेपाल फेष्टिभल विविध कारणले चर्चाको केन्द्रविन्दुमा छ । न्यूसाउथवेल्सका प्रिमियरको उपस्थितिदेखि हजारौं नेपाली भेला भएको रेकर्ड यसले राखिसकेको छ । यसैक्रममा नेपाल फेष्टिभलमा सार्वजनिक गरिएको “मुटुमा प्यारो नेपाल छ” बोलको भावनात्मक गीतको म्युजिक भिडियो यतिबेला चर्चामा छ । देश बाहिर रहेका नेपालीहरूको भावना झल्काउने यस गीतका संगीतकार हरि…