भिक्टोरियाकी प्रिमियर जसिन्टा एलानले दिइन् नेपाली नयाँ वर्षको शुभकामना

भिक्टोरियाकी प्रिमियर जसिन्टा एलानले दिइन् नेपाली नयाँ वर्षको शुभकामना


मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरियाकी प्रिमियर जसिन्टा एलानले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिएकी छिन् । एक शुभकामना सन्देश जारी गर्दै उनले विक्रम सम्वतको चलन लाई मान्नेहरुलाई शुभकामना दिएकी हुन् । उनले शुभकामना सन्देशमा हालै फेडरेसन स्क्वायरमा भएको नेपाल फेष्टिभलको पनि स्मरण गरेकी छिन् ।

पहिलो पटक अष्ट्रेलियाको भिक्टोरिया राज्यकी प्रिमियरले नेपाल फेष्टिभलमा सहभागिता जनाएको त्यो ऐतिहासिक क्षण थियो । साथै उनले भिक्टोरियामा रहेको नेपाली वाणिज्इदूतको कार्यालयलाई पनि दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन खेलेको भूमिकाको लागि धन्यवाद दिएकी छिन् ।