लेबर सरकार दोहोरिए मेलबर्नको नेपाली मन्दिरले करिब ४ लाख डलर अनुदान पाउने

लेबर सरकार दोहोरिए मेलबर्नको नेपाली मन्दिरले करिब ४ लाख डलर अनुदान पाउने



मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियामा आगामी मे महिनामा हुने निर्वाचनबाट अहिलेको लेबर पार्टी नेतृत्वको सरकार दोहोरिए मेलबर्नको नेपाली मन्दिरले ३ लाख ८५ हजार डलर अनुदान पाउने भएको छ । नेपाली मन्दिर रहेको क्षेत्र डिगर्स रेष्टसहित हक क्षेत्रका संघीय सांसद शाम रेले आईतबार नेपाली मन्दिरको भ्रमण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । यो अनुदान रकम मन्दिरमा आधुनिक किचेन, कुल रुम र खाना खाने क्षेत्र निर्माणमा खर्च गरिनेछ । नेपाली मन्दिरमा बन्ने यो संरचनाले यहाँ कार्यक्रम आयोजनाका क्रममा नेपाली दर्शनार्थीहरुलाई सुविधा थप गर्नेछ ।

सांसद रेले यो अनुदान लेबर पार्टीले लिएको बहुसांस्कृतिक समूदायलाई सहयोग गर्ने नीतिको प्रतिनिधित्व गर्ने बताएका छन् ।
कार्यक्रममा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. तिलक पोखरेल, फेन्काका अध्यक्ष बम योन्जन, भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, न्याभका अध्यक्ष डा. एकन्द्रि तिमल्सिना, दिदीबहिनी समाजकी अध्यक्ष रोशनी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संक्षिप्त धारणा राख्दै सांसद रेले नेपालीको सम्बृद्ध संस्कृति र परम्परालाई जोगाएर राख्न यो कदम महत्वपूर्ण हुने बताएका थिए । उनले भने, “लेबरको संघीय सरकारले मात्रै हाम्रो स्थानीय बहुसांस्कृतिक समूदायको हित प्रबद्र्धन गर्छ भन्ने विश्वास गर्न सकिन्छ ।”