काठमाडौं ।
दुर्गा प्रसाईं यतिबेला जेलमा छन् । त्यही जेल जहाँ यसअघि नै पक्राउ परेर राखिएका धवलशमशेर र रविन्द्र मिश्र पनि छन् । एउटै उद्देश्य, मुद्दा एउटै तर १७ दिनपछि दुर्गा प्रसाईं जेलको छिंडीमा पुगेका हुन् । म्याद थप गरेर १२ दिन अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको छ । प्रहरी हिरासतमा रहँदा उनी विन्दास देखिन्छन् ।
कार्यरत प्रहरीका अनुसार उनी राज्यले फसाएको दावी गर्छन् र आफुले नै आत्मसमर्पण गरको पनि बताउँछन् । राज्यले ज्यानको ग्यारेन्टी गरेको भए म पहिले नै आइहाल्थे, उनले भन्ने गरेका छन् ।
जेलमा भेटिएका अन्य कैदीबन्दीलाई दुर्गा प्रसाईंले के छ भाई ? सबै ठीक छ भनेर सोध्छन् । यस्तै प्रहरीलाई देख्ने वित्तिकै के छ सर भन्छन् । कसै कसैलाई भाई भन्ने गरेका छन् । अन्य कैदी बन्दीकै जस्तो खाना खाएको र स्वास्थ्यमा कुनै समस्या नदेखिएको प्रहरीको भनाई छ । काठमाडौं प्रहरीको हिरासतमा रहेका दुर्गा प्रसाईं र धवल शमशेरलाई भेट गर्न नदिने योजना प्रहरीको छ । एउटै थुनुवा कक्षमा भएपनि मिश्र र धवल शमशेरसँग उनको भेट भएको छैन ।
नेपाली समाजमा यतिबेला दुर्गा प्रसाईंले गरेको अपराध र निजले देखाएको हिम्मत दुईथरी चर्चा हुने गरेका छन् । राजावादीहरुले दुर्गा प्रसाईंले हिम्मत देखाएको बताएका छन् भने अन्यले यो दुस्साहस भएको बताउँछन् । राप्रपा नेता बुद्धिमान तामांग जसले दुर्गा प्रसाईंले आफ्नो जस्तै राजाको पनि ठूलो फोटो बनाएर संकेत दिएपछि आन्दोलनबाट साईड लागेको बताइसकेका छन् । स्वयं राजावादीहरु पनि यतिबेला दुर्गाले राजा ल्याइदिन्छन् भन्नेमा विश्वस्त छैनन् । तर, केही न केही हँगामा गरिरहन पनि उनीहरुलाई प्रसाईं नै चाहिने यतिबेलाको अवस्था छ ।
सरकारी तवरमा प्रसाईंलाई तीनकुनेमा भएको हिंसाअघि आफ्नो सेक्युरिटी गार्डहरुलाई बोलाएर वितण्डा मच्चाउन निर्देशन दिएको प्रमाण नै फेला परिसकेको भनिएको छ । उनले आन्दोलनमा मान्छे कम आएको अवस्थामा विभिन्न निजी सम्पत्तिहरुमा, पार्टीका कार्यालयहरुमा, नेताका घरमा हान्दै हिंड्नु भन्ने निर्देशन दिएको दावी प्रहरीको छ ।
प्रतिक्रिया