प्रेम बानियाँ जीरो टु ८८४८ बृत्तचित्र लिएर विभिन्न शहर पुग्दै

प्रेम बानियाँ जीरो टु ८८४८ बृत्तचित्र लिएर विभिन्न शहर पुग्दै


मेलबर्न अष्ट्रेलिया ।
टिभी पत्रकार प्रेम बानियाँले नयाँ वर्ष २०८२ को अवसरमा आफ्नो वृत्तचित्र जीरो टु ८८४८ विभिन्न देशका शहरहरुमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । एक भिडियो जारी गर्दै उनले केही वर्ष अघि नेपालको हिमाली क्षेत्रमा वृत्तचित्र बनाइएको थियो ।

“म हराएको छैन” भन्दै सुरु गरेको यो अभियानले दुई वर्ष लगाएर बनाइएको वृत्तचित्र प्रदर्शन गर्ने उनको लक्ष्य छ ।
वृत्तचित्रमा सगरमाथा आरोही, हलिउड अभिनेता तथा र्न फेसका ब्रान्ड एम्बेडसर कोत्राड एंकर, १७ औं पटक सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुश्कर शाह । सगरमाथा आरोही तथा आरोहणसहयोगी आडपासाड शेर्पा र स्वयं प्रेम बानियाँ समेटिएका छन् ।